04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी भदौ २८ गते हुने निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) को प्रयोग हुने भएको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय निर्वाचन समितिले आज आइतबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । समितिले आसन्न निर्वाचनको तयारीका लागि EVM को प्रयोग गरी नमुना निर्वाचन कार्यक्रम गर्ने छ । उक्त कार्यक्रममा काठमाडौँ र जनकपुर मतदान केन्द्रमध्ये काठमाडौँ मतदान केन्द्रका लागि उम्मेदवार तथा मतदाता सदस्यहरूलाई भाग लिन अनुरोध समेत गरेको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौँ र जनकपुर मतदान केन्द्र मध्ये काठमाडौँ मतदान केन्द्रको लागि उम्मेदवार तथा मतदाता सदस्यहरूको पूर्व जानकारीको लागि देहायको मिति, स्थान र समयमा आयोजना गरिएको नमूना निर्वाचन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उम्मेदवार तथा इच्छुक मतदाता सदस्यहरूलाई अनुरोध गरिन्छ ।’
नेपाल इन्जिनियर्स एशोसिएसनको नमुना निर्वाचन कार्यक्रम यही भदौ ११ गते मंगलबार पुल्चोक ललितपुरस्थित इन्जिनियर भवनको प्रशिक्षण हलमा बिहान १० बजेदेखि हुने संयोजक इ. डा. पवनकुमार भट्टराईले जानकारी दिए ।