21 April 2025
२०८२-०१-०८ (सोमबार)
नेपाल उद्योग परिसंघले पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७ र २८ भदौमा काठमाडौंमा आयोजना गर्ने भएको छ ।
परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतले आ(आफ्नो सुझाव दिने कार्यक्रम रहेको छ ।
यसैगरी महानगरपालिका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।