- 12 December 2024
- २०८१-०८-२७ (बिहिबार)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई चाहिएको संख्यामा इन्जिनियर भर्ना गर्न अर्थ मन्त्रालयले अनुमति नदिएको बताएका छन् ।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित मन्त्रालयमा बिहीबार भएको बैठकमा प्राधिकरणका लागि आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समय भएपनि अनुमति नपाएको गुनासो गरे ।
प्राधिकरणलाई चार हजार इलेक्ट्रिकल इन्जिनियर आवश्यक रहेको भएपनि अनुमति नपाउँदा भर्ना गर्न नसकिएको उनको भनाइ रहेको छ ।
बेरोजगार अवस्थामा रहेका इन्जिनियरलाई काम दिन्छु भन्दा पनि अनुमति नपाएर बस्नु परेको छ उनले बताए ।
बैठकमा ऊर्जा मन्त्री शक्ति बस्नेत तथा मन्त्रालयका तीन जना सचिवसहित उच्च अधिकारीहरु सहभागी थिए ।