05 May 2026
२०८३-०१-२२ (मंगलबार)
काठमाडौं । प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिस्कृत गर्ने ध्येयले सगरमाथा इञ्जिनियरिङ्ग कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले आज देखि ‘सगरमाथा टेक फेष्ट २०२३’ आयोजना गर्दै छ।
प्राविधिक विद्यार्थीको खोज एवं रचनात्मक कार्यको जमघटका रुपमा आयोजित दोस्रो संस्करणको यो मेला मङ्सिर २९, ३० र पुस १ गरि तीन दिन सम्म सञ्चालन हुनेछ ।
विद्यार्थीले आर्जन गरेको शिक्षा र क्षमताको प्रदर्शन गरी उनीहरुको नवीनतम सीपको उपादेयतालाई मूल्याङ्कन गर्न गराउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने
कलेजका प्राचार्य रमेश श्रेष्ठको भनाई छ ।
२०१९ मा सम्पन्न पहिलो संस्करणको ‘सगरमाथा टेक फेष्ट’मा पाँच हजार भन्दा बढीको सहभागिता जनाएका थिए ।
मेलामा कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल र सिएसआई टि र विसिएलगायत विभिन्न सङ्कायद्वारा आफ्नो क्षेत्रको विशेषता झल्काउने विभिन्न कार्यक्रमहरुके आयोजना गर्नेछन् ।
कार्यक्रममा प्रोजेक्ट एक्जिविसन, रोबो सकर, ब्याटल बट, हकाथन, पेपर वृज, ड्राफ्टिङ्ग अभ्यास, इञ्जिनीयरिङ क्विज, रिभर्स् इञ्जिनीयरिङ र कम्प्युटेटिभ प्रोग्रामिङ आदि हुनेछन् ।