आइओइका इन्जिनियरिङ कलेज फेसबुकमा हल्ला गरे जस्तो खाली जान लागेका हुन् ? फ्याक्ट चेक हेरौं


Posted: Dec. 12, 2023
  Engineers Nepal

२६ मंसिर, काठमाडौं । यति बेला इन्जिनियरिङ अध्ययन संस्थना अन्तगर्तका कलेजहरुमा सिट संख्या भन्दा निकै कम विद्यार्थी भर्ना भएको भन्दै एउटा डाटा समाजिक संजालमा भाइरल भैरहेको छ । 

यो तथ्यांक हेरेर कतिपयले नेपालमा इन्जिनियरिङको स्कोप घटेको विष्लेषण गरेका छन् । त्यस्तै कतिले 'प्लस टु' पछि बिदेशीने ट्रेण्ड चलेकाले कलेजहरु खाली गएको संजालमा अनुमान गरेर पोस्ट गरिरहेको भेटिन्छ ।  

वास्तवमा सत्य के हो ?  

भाइरल बनाइएको यो पोष्ट धेरैले इन्जिनियरिङ अध्ययन संस्थना अन्तगर्तका कलेजहरुको यो शैक्षिक वर्षको अन्तिम भर्नाको डाटा जसरी बुझिरहेका छन् । 
पहिलो कुरा यहि गलत छ । यो भर्नाको पहिलो सूची हो । जुन कुरा यसमा उल्लेख गरिएको छैन ।  

दोश्रो सूचीको भर्ना सम्म कुन कलेजमा कति भर्ना भए हेर्न यहाँ क्लीक गर्नुहोस्

विद्यार्थीले आफ्नो स्कोरले भ्यायसम्म उसलाई लागेको राम्रो कलेज र मनपर्ने विषय रोज्नलाई धेरै कलेज र विषयमा फाराम भरेको हुन्छ । 

एउटै विद्यार्थी सवै तिर दोहोरीएकाले पहिलो भर्ना सूचीमा धेरै नै खालि रहन्छ । विद्यार्थीले सुरुमा आंगिक कलेज रोज्ने भएर नीजी कलेजहरुमा न्युन भर्ना हुन्छ जुन विगतका भर्नाबाट अझ प्रस्ट हुन्छ । 

यता कलेजहरुमा भने भर्खरै दोश्रो भर्ना सकिएर अहिले तेश्रो भर्ना सुचीको भर्ना चलिरहेको छ । 

नीजि कलेजहरुको सिट संख्या र भर्ना प्रतिशत

दोश्रो विषय कलेजहरुको सिट संख्या र भर्ना प्रतिशत बुझ्नु पर्ने हुन्छ । नीजि कलेजले सम्बन्धन पाएका तर बजारको स्कोप नदेखेर धेरै वर्ष अघि देखि नचलेका विषयहरु जस्तै इलेक्ट्रीकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरीङमा अधिकांस नीजि कलेजले पहिले देखिनै कक्षा संचालन गर्न छोडिसकेका छन् । 

संबन्धन पाएको इलेक्ट्रीकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरीङको सिट संख्या समेत जोडेर खाली सिटको प्रतिशत निकाल्दा धेरै सिट खाली देखिएको हो।

ति विषयमा कक्षा संचालन गराउन कलेज संचालकले पनि तेति जोड गरेको देखिदैन । बाकी रह्यो सिभिल र कम्प्यूटर इन्जिनियरिङ । 

पछिल्लो समय आइटीका विषयहरुमा छुट्टै चाम रहेको छ । त्यसो हुदा राम्रो ब्यसस्थापकिय रहेका नीजि कलेजहरुको कम्प्यूटर इन्जिनियरिङको सिट खाली नै जादैनन् । अझ कतिपय कलेजले शुल्क समेत वृद्धि गरेको भेटिन्छ । 

सिभिल इन्जिनियरिङ विषयमा भने पहिले भन्दा विद्यार्थीको आकर्षण कम देखिन्छ । 

मेरिटको टप तिर पर्नेले विद्यार्थीले कम्प्यूटर इन्जिनियरिङ रोज्नु पनि सिभिलमा प्रतिष्पर्धा घट्नुको एउटा कारण मान्न सकिन्छ।
 

विश्वविद्यालयहरुले मनलाग्दी दिएका सम्बन्धन

विश्वविद्यालयहरुले मनलाग्दी सम्बन्धन बाढ्दा ओभरफ्लो भएको देखिन्छ । 
इन्जिनियरिङ अध्ययन संस्थानले पछिल्ला ४ –५ वर्षमा आंगिक क्याम्पसहरुमा सिभिलको कोटा ह्वास्तै बढाउदा सिभिलमा कम प्रतिष्पधा देखिएको मान्न सकिन्छ । त्यस्तै विगत ४ –५ वर्ष देखि मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयले पनि सिभिल इन्जिनियरिङ पढाउदै आएका छन् ।  

यसरी तथ्यांक केलाउदा जनशक्तिको आवश्यकताको पुर्वानुमान नगरी सम्बन्धन बाडेको देखिन्छ ।
 

अन्तिममा, ग्लोबल अवसरहरुको खोजीमा उच्च शिक्षा पढ्न र काम गर्न विदेशिने प्रवृत्ति बढेकाले त्यस्को असर इन्जिनियरिङमा पनि स्वभाविक रुपमा पर्ने नै भयो ।

त्यस्लाई राज्यले नै स्वीकार गरेको छ । यी यावत कुराहरु हुँदाहुदै पनि राम्रा र गुणस्तर कायम गरेका इन्जिनियरिङ कलेजहरुमा भर्नामा खास्तै समस्या देखिदैन् । 

नेपालको बजारको आवश्यकता भन्दा बढी इन्जिनियरिङ कलेज चलाइएकाले आगामी दिनहरुमा कलेजहरु बिच प्रतिष्पर्धा हुने देखिन्छ । जुन विद्यार्थीको लागि लाभ नै हुन्छ ।






Leave a comment




Comments