एक्मी इन्जिनियरिङ कलेजले सिभिल इन्जिनियरिङमा २० % सम्म छात्रवृत्ति दिने


Posted: Dec. 8, 2023
  Engineers Nepal

कलंकी स्थित एक्मी इन्जिनियरिङ कलेजले आवश्यक मापदण्ड भित्रका विद्यार्थीलाई सिभिल इन्जिनियरिङमा २० प्रतिशत सम्म छात्रवृत्ति दिने भएको छ । 

उक्त छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीले प्लस टुमा  'बी प्लस ग्रेड' माथी नतिजा प्राप्त गरेको, सरकारले तोकेको दुर्गम जिल्ला भित्र स्थायी घर भएको र सरकारी विद्यालयमा अध्ययन गरेको मध्ये कुनै एक मापदण्ड भित्र पर्नु पर्ने छ । 

त्यस्तै कलेजले उक्त मापदण्ड अनुसार आर्किटेक्चर र कम्प्युटर इन्जिनियरिङ विषयमा १५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको कलेजले जानकारी दिएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान र काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुले सिधै भर्ना सक्नेछन् । उक्त परीक्षामा सामेल नभएका विद्यार्थीहरुको हकमा पुर्वाञ्चल विश्वविद्यालयको प्रवेशमा सहभागी हुनुपर्ने छ । 

पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा हाल तीन विषयः बीई सिभिल, बीई कम्प्युटर र आर्किटेक्चर विषयमा अध्यापन गराउँदै आएको छ । 

यसैगरी, मास्टर्स कोर्षहरुमा एमएस्सी इन इन्जिनियरिङ म्यानेजमेन्ट (सिभिल र आर्किटेक्चर विद्यार्थीका लागि) र एमएस्सी इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ (कम्प्युटर र इलेक्ट्रोनिक्स विद्यार्थीका लागि) गरी दुईवटा कार्यक्रम संचालनमा छ ।






Leave a comment




Comments