- 15 January 2025
- २०८१-१०-०२ (बुधवार)
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार नगत रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सबइन्जिनियर राईलाई बुढानीलकण्ठ नगरपालिका ७ बाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।
घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि राईले घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको बारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।