21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाण्डौ, मङ्सिर ५ । सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्ला : जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ।
त्यस मध्ये जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ , बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड रहेको छ ।
हालै जारी भएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० अनुसार भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल स्थानीय तहमा रकम पठाउन निर्देशनसमेत दिएको छ।
भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउनेछन् भने अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ।