05 May 2026
२०८३-०१-२२ (मंगलबार)
काठमाडौंमा २०२३, नोभेम्बर २१ देखि २५ (२०८०, मंसिर ५ गतेदेखि ९ गतेसम्म) निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते गर्नेछन्।
सम्मेलनमा देशभित्रका एक सय ५८ र अन्य विभिन्न मुलुकका दुई सय ४२ गरी चार सय प्रतिनिधि सहभागी हुनेछन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले यो सम्मेलनका क्रममा १० लाख अमेरिकी डलरभन्दा बढी रकम नेपाल भित्रिने अनुमान गरिनुका साथै सम्मेलनबाट विश्वका विभिन्न मुलुकको प्रविधि हस्तान्तरण हुने तथा नेपालमा उठिरहेको वातावरणमैत्री विकास निर्माणको सवाल अन्तर्राष्ट्रिय फोरममा पुर्याउने बताए।