05 May 2026
२०८३-०१-२२ (मंगलबार)
प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक २७ गते बसेको बैठकले सांसद विकास कोषको आठ अर्ब २५ करोड रूपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको उक्त रकमलाई हाललाई भूकम्पपछिको पुनःथापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन।
साथै एक अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको उनले बताइन।