19 March 2025
२०८१-१२-०५ (बुधवार)
जब परीक्षा आउँछ, तब विद्यार्थी तनावमा हुन्छन् । परीक्षाको समयमा कसरी तयारी गर्ने ? समयको व्यवस्थापन कसरी गर्ने यस्ता प्रश्न र जिज्ञासा आउनु स्वाभाविक हो । यी प्रश्न र जिज्ञासा समाधान गर्न विद्यार्थीले के कसरी तयारी गर्नुपर्छ भन्ने विषयमा एमबीबीएस टपर जेएन मिलनले आफ्नो अनुभव र धारणा यसरी राखेका छन् ।
म विगत पाँच वर्षदेखि इन्जिनियरिङ र मेडिकलका प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई फिजिक्स पढाइरहेको छु । फिजिक्स पढ्दा बेसिक कन्सेप्टहरू थाहा हुनुपर्छ । बेसिक कन्सेप्ट भयो भने अन्य कुराहरू आफैँ आउँछन् । त्यसैले पहिला सामान्य कुराहरू नै सिक्नुपर्छ ।
जस्तै फिजिक्समा लस भनेको के हो ? नेट भनेको के हो ? चेन्ज भनेर आयो भने कसरी गर्ने, के गर्ने हो ? थाहा हुनुपर्छ । किन गरेको भन्ने पनि थाहा हुनुपर्छ । फाइन्ड चेञ्ज इन टेम्प्रेचर भन्यो भने फाइनल माइनस इनिसियल टेम्प्रेचर गर्ने जहिले पनि, ठूलो माइनस सानो गर्ने होइन ।
किनभने चेञ्ज भनेको सामान्यतया पोजिटिभ चेन्ज लिइरहेको हुन्छौँ । त्यसैले फाइनल माइनस गर्छाैं । प्रथमतः बेसिक कन्सेप्ट क्लियर हुनुपर्छ ।
दोस्रो, फिजिक्समा कुनै प्रश्न समाधान गर्दा त्यसको अप्रोच सिक्नुपर्छ । नयाँ प्रश्न आयो भने युनिभर्सल अप्रोच राख्नुपर्छ । एच हाइट र एज वन हाइटमा एक्सिलिरेसन ड्यु टु ग्राभिटी कति भन्ने तुलनात्मक प्रश्न हो । जहिले पनि यस्ता प्रश्न फर्मुलामा आधारित भएर समाधान गर्नुपर्छ ।
त्यसैले फिजिक्समा कुनै पनि प्रश्नको समाधानको अप्रोच थाहा पाउन जरुरी छ । प्रश्नपत्र पढ्नुपर्छ, त्यहाँ दिइएका डेटाहरू लेख्नुपर्छ । प्रश्नपत्र पढ्दा नै कुन मेथडबाट समाधान गर्ने भन्ने थाहा हुन्छ ।
जहिले पनि फिजिक्सको न्युमेरिकल समाधान गर्दा जे चलेको छ, त्यही सुरु गर्नुपर्छ । जस्तैः फाइन्ड फोर्र्स भनेको छ भने फोर्सको फर्मुला लेख्ने, त्यहाँबाट समाधान गर्ने । जस्तै फोर्स भनेको मास इन्टु एक्सिलिरेसन चाहियो । अब एक्सिलिरेसन खोज्न जाने । यो भयो भने सिस्टमेटिक हुन्छ । त्यसैले विद्यार्थीले जहिले पनि सिस्टमेटिक उत्तर लेख्नुपर्छ ।
चौथो, फिजिक्सलाई रियल लाइफमा फिल गर्न सक्नुपर्छ । रियल लाइफमा कनेक्ट गर्न सक्नुपर्छ । अर्काे, फिजिक्समा हरेक कुराको अर्थ बुझेको हुनुपर्छ । जस्तैस रिजल्टेन्ट कतिबेला प्रयोग गर्ने, रिलेटिभ कतिबेला प्रयोग गर्ने, यी टुल्सहरू आए भने जस्तो पनि प्रश्नको उत्तर लेख्न सकिन्छ ।
जस्तो कुनै बडी छ, बडीमा एक्सिलिरेसन निकाल्न भनियो, कसरी निकाल्ने एक्सिलिरेसन ? एक्सिलिरेसन निकाल्न न्युटनको सेकेन्ड लबाट जान्छौँ । यसरी टुल्सहरू प्रयोग गर्न आउनुप¥यो ।
कुनै पनि च्यापटर पढ्न सुरु गर्दा MTM Rule फलो गर्दा उपयुक्त हुन्छ । यसमा पहिलो M स्यान्ड्स फर MCQ । सुरुमा MCQसल्भ गर्ने होइन, हेर्ने मात्र । त्यसपछि Y स्यान्ड्स फर Theory, त्यो च्याप्टरको थ्यौरी पढ्ने । अन्तिममा अनि मात्र त्यो च्याप्टर MCQ सल्भ गर्न लाग्नुपर्छ । यसरी पढ्दा प्रत्येक च्याप्टरको महत्वपूर्ण सामग्री, आउन सक्ने प्रश्नबारे पर्याप्त जानकारी पाइन्छ ।
जब थ्यौरी पढिन्छ, ती प्रश्नहरूको उत्तर कहाँनेर पाइन्छ भन्ने खोज्नतिर बढी फोकस भइन्छ । अन्तिममा जब हामी MCQ सल्भ गर्छौं, एउटै कुरा तीनपटक दिमागमा आउँछ । यो भएपछि परीक्षामा सहज हुन्छ । उत्तर बिग्रने सम्भावना पनि कम हुन्छ ।
दोस्रो कुरा, पछिल्ला इन्ट्रान्स पेपर हेर्ने हो भने हरेक च्याप्टरको महत्वपूर्ण कुराहरू मात्रै सोधिरहेको हुन्छ । कुनै च्याप्टरका सबै कुरा महत्वपूर्ण हुन्छन् भन्ने हुँदैन । सुरुमै पढ्दा यो च्याप्टरको महत्वपूर्ण कुरा के छ भन्ने थाहा भयो भने धेरै सजिलो हुन्छ ।
कुनै पनि च्याप्टर पढ्दा २० प्रतिशत अति महत्वपूर्ण र ८० प्रतिशत महत्वपूर्ण मात्रै हुन्छ । विद्यार्थी यही २० प्रतिशतमा बढी फोकस हुनुपर्छ । बाँकी ८० प्रतिशत नपढ्ने भनेको होइन, पढ्ने तर २० प्रतिशत विद्यार्थीको दिमागमा हुनुपर्छ ।
प्रवेश परीक्षा
इन्ट्रान्स भनेको यस्तो परीक्षा हो जहाँ विद्यार्थीलाई हरेक च्याप्टरको अलिअलि जानकारी हुनैपर्छ । इनडेफ्थ एउटा च्याप्टरको आउनुभन्दा हरेक च्याप्टरको महत्वपूर्ण कुरा जान्नु बढी आवश्यक हुन्छ ।
हरेक च्याप्टरमा २० प्रतिशत जानकारी हुनैपर्छ । अर्काे, इन्ट्रान्सको तयारी गर्दा एउटा बुक, एउटै टिचर हुनुपर्छ । अरु किताबमा नयाँ कुरा भेटियोे भने पनि त्यही बुकमा टिपोट गर्नुपर्छ, किनभने भोलि रिभिजन गर्न सकियोस् ।
यसरी हेरौँ प्रश्नपत्र
कुनै पनि कम्पेरेटिभ इन्ट्रान्स एक्जामका लागि समय व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले कम्पेरेटिभ एक्जाम भनेको सिकाइको टेस्ट मात्रै होइन, सीमित समयमा कति पर्फम गर्न सक्छौँ भन्ने टेस्ट पनि हो ।
नेपालमा भइरहेका इन्ट्रान्स एक्जामहरूमा मल्टिपल प्रश्नहरू हुन्छन् । जसमा प्रश्न पनि त्यहीँ, उत्तर पनि त्यहीँ हुन्छ ।
इन्ट्रान्स परीक्षा दिँदा यी कुरामा ध्यान दिऊँ
प्रश्न समाधान गर्न नआए यसो गरौँ
केही कुरा आएन भने लजिक पनि लगाउनुपर्छ । जस्तो, फिजिक्समा सुरुमा डाइमेन्सनल फर्मुलाहरू चेक गर्ने, त्यसबाट कुन अप्सन राख्ने र कुन हटाउने थाहा हुन्छ । कहिलेकाहीँ केही आएन, लजिक पनि आएन भने अप्सन हेरेर छान्न सकिन्छ । अडअड छ भने पक्कै इभन हुने सम्भावना धेरै हुन्छ । प्रश्नमा बोथ छ भने बोथ हुने सम्भावना धेरै हुन्छ । अल अप्सन छ भने यो सही उत्तर हुने सम्भावना धेरै हुन्छ । किनकि तीनवटै उत्तर सही छ । त्यही भएर त अल अप्सन राखियो ।
यसरी हेरौँ अप्सन
अब केही आएन, गर्नै सकिएन भने अप्सन हेर्नुपर्छ । जुन अप्सन लामो हुन्छ, त्यो उत्तर हुने सम्भावना धेरै हुन्छ । किनभने अप्सन जहिले पनि छोटो र मीठो हुन्छ । लामो अप्सन किन दियो, उत्तर त्यही भएर दियो ।
परीक्षा पास गर्न कसरी पढ्ने त ?
तयारीका क्रममा दिनको १८ घण्टा पढेर हुँदैन । आवरभन्दा पनि पावर हुनुपर्छ । सुरुसुरुमा कसैले पढ्न छोडेको छ भने पढ्ने बानी बसाल्नुपर्छ । त्यो भएपछि सोच्ने क्षमता बढ्छ । सकेसम्म सोच्ने पावर बढाउनुपर्छ । यसका लागि कम्तीमा सात घण्टा सुत्नुपर्छ । दिउँसो सानोसानो समयहरू खेर फाल्नु हुँदैन ।
कुनै साथीसँग गफ गर्ने, फोन चलाउने गर्न हुँदैन । छोटोछोटो समय पढ्नुपर्छ । जस्तो ३० मिनेट वा एक घण्टा पढ्यो भने त्यसपछि ब्रेक गर्ने, फेरि पढ्ने ।
तर, ब्रेक गर्दा फोन चलाउने होइन, हिँड्ने हो । हिँड्दाहिँड्दै पढेको सम्झिने हो । ५–१० मिनेट ब्रेकपछि पढ्ने । अर्काे एकै दिनको १२ घण्टा पढ्नुभन्दा हरेक दिन चार÷पाँच घण्टा पढ्ने । यो प्रभावकारी हुन्छ ।
इन्ट्रान्सका लागि रिभिजन जरुरी
इन्ट्रान्सका लागि रिभिजन जरुरी छ । एकपटक पढ्यो के हो के हो हुन्छ, दुईपटक पढ्यो अलिअलि बुझिन्छ । तेस्रोपटक पढ्यो भने पूर्ण हुन्छ । त्यसैले कम्तीमा एउटा च्याप्टर तीनपटक पढ्नुपर्छ । अनि बल्ल बुझिन्छ ।
यस कारण इन्ट्रान्स एक्जाम भनेको नलेज टेस्ट मात्र होइन, विद्यार्थीले सीमित समयमा कत्तिको पर्फर्मेन्स दिन्छ, कत्तिको कमन सेन्स प्रयोग गर्छ, कत्तिको अर्काे डाइमेन्सनहरू प्रयोग गर्छ, यी कुराहरूको टेस्ट पनि हो
-जेएन मिलन