20 April 2025
२०८२-०१-०७ (आइतबार)
आईओई प्रवेश परीक्षा नजिकै आइसकेको छ । कसरी पढ्ने ? समय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केही अनुभव तथा टिप्सहरूः
कसरी गर्ने त तयारी ?
परीक्षा नजिकै आउँदा प्रेसर हुन्छ । त्यसैले नयाँ कोर्सभन्दा पुरानो रिभाइजमा केन्द्रित हुनुपर्छ । समयको चाप भएकाले नयाँमा समय दिन सकिन्न । पुराना नोट र बुकहरू हुन्छन् ।
सहज रूपमा परीक्षा तयारी गर्न पहिले फर्मुला रिभाइज गर्नुप¥यो । इन्स्टिच्युटका भिडियोहरू हुन्छन् । यसले रिभाइज गर्न सहज हुन्छ । नयाँ पढ्छु भन्नेलाई टेस्ट बुकहरू छन् । यसमा उदाहरणहरू छन् । इन्स्टिच्युटको एमसीक्यू गर्दा हुन्छ । खासगरी अगाडि उदाहरणमा भएको प्रश्नहरू फेरि अभ्यास गर्दा हुन्छ ।
कोहीकोहीले बुक पढ्न समय लगाउँछन् । त्यस्तो बेला युट्युब वा इन्स्टिच्युटका भिडियोहरू हेर्नुपर्छ । त्यो १।५ वा २ एचटीसीमा हेरेर केके भनेको छ, नोटमा टिप्ने र अर्काे दिन रिभाइज गर्न सकिन्छ ।
फिजिक्सको बोर्ड एक्जाममा २ माक्र्सका लागि पढ्ने कुरा रिभाइज गर्न सकिन्छ । फिजिक्सको फर्मुला रिभाइज गर्दा परीक्षामा सम्झन सजिलो हुन्छ । अर्काे बोर्ड एक्जामको लागि तयारी गर्न २ नम्बरको विषय रिपिट गर्न सकिन्छ ।
अर्काे महत्वपूर्ण हुन्छ समरी । त्यो छुटाउनै हुँदैन ।
त्यस्तै, अध्ययनमा कन्सिस्टेन्सी हुनुप¥यो । आज पाँच घण्टा पढ्यो भने भोलि पनि त्यति नै पढ्न एउटा प्याटर्न बस्छ । आज पाँच घण्टा, भोलि दुई घण्टा भयो भने झन् बानी बिग्रिन सक्छ ।
अर्काे हो रेगुलर मक टेस्ट । यसले एकदमै महत्वपूर्ण भूमिका खेल्छ । जतिसक्दो धेरै मग टेस्ट दिनुपर्छ । झन् एक्जाम नजिकै आउँदा दिनको एउटा टेस्ट दिएकै राम्रो । किनभने मग टेस्टमा सबै प्रकारका र विषयका प्रश्न हुन्छन् । यो टेस्टले विद्यार्थीले म कहाँ चुकिरहेको छु भन्ने थाहा हुन्छ ।
मक टेस्ट दियो, कति मार्क आयो हेर्ने, रिभ्यु गर्ने । जुन च्याप्टरमा बिग्रिएको छ, त्यही च्याप्टर रिभाइज गर्छु भनेर योजना बनाउन सकियो ।
अर्काे हो– क्यालकुलेटर चलाउन जान्ने । मेरो अनुभवमा अधिकतम गणितका समस्याहरू क्यालकुलेटरबाट समाधान हुन्छन् । जस्तै, इन्टिग्रेसन भयो, डेरिभेटिभ भयो, यिनीहरूका विभिन्न प्रकारका टिप्स हुन्छन् । युट्युबबाट पनि खोजेर आफूले गर्न सकिन्छ ।
यदि प्रश्न गर्दै गयो र प्राक्टिस छ भने क्यालकुलेटरबाट निकालिन्छ, त्यो आफैँ जानिन्छ । नभए युट्युबबाट रिसर्च गर्न सकिन्छ । त्यो हेरेर पनि हुन्छ । डिटरमेन्ट पनि सजिलै तरिकाले निस्किन्छ क्यालकुलेटरबाट । यसो भयो भने एक्जाममा समयको बचत हुन्छ ।
अर्काे, ट्रिक्सहरू जान्नुप¥यो । यदि च्याप्टरको कुनै पनि कन्सेप्ट थाहा छैन । तर, ट्रिक्समा के छ त्यो थाहा छ भने प्रश्नलाई क्र्याक गर्ने चान्स बढी हुन्छ । त्यही भएर केही नजान्नुभन्दा ट्रिक जान्नु राम्रो हो ।
ट्रिक नै फलो गर्नुपर्छ भन्ने होइन । तर, विद्यार्थीसँग समय छैन, उपाय नै छैन भने ट्रिक्सहरू याद गरेर जाँदा राम्रो हुन्छ ।
प्लस टुको अध्ययनको आधार राम्रो छ भने इन्ट्रान्स सजिलो हुन्छ । इन्ट्रान्स हलभित्र छिर्नुभन्दा अगाडि आत्मविश्वास हुनुप¥यो । हलमा पुगिसकेपछि आफू विश्वस्त रहेको विषय पहिला गर्नुप¥यो । जस्तैस गणित सजिलो लाग्छ भने पहिला तेही नै ट्याकल गर्नुप¥यो । आईओईको प्रश्नको प्याटर्न हेर्ने हो भने धेरै प्रश्नहरू दोहोरिएको देखिन्छ । त्यही भएर पुरानो प्रश्नपत्र महत्वपूर्ण हुन्छन्, छुटाउनै हुँदैन । आफैँले जुटाएर प्रश्नपत्रमा बढीभन्दा बढी अभ्यास ग¥यो भने पनि उपयोगी हुन्छ ।
-अलबर्ट ढकाल, विद्यार्थी पुल्चोक क्याम्पस