काठमाडौं महानगरभित्र 'रोड सेफ्टी अडीट' हुने


Posted: June 3, 2025
  Engineers Nepal

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र 'रोड सेफ्टी अडीट'  गर्ने भएको  छ।

सडक प्रणालीलाई सुरक्षित, आधुनिक र पैदलयात्रीमैत्री बनाउने उद्देश्यले अध्ययन गर्न परामर्शदाताका लागि महानगरले बोलपत्र खुलाएको हो । 

अध्ययनमा परियोजनाको दायरामा डेस्क अनुसन्धान, स्थलगत सर्वेक्षण, दुर्घटना तथ्यांकको विश्लेषण र सरोकारवालाहरुसँगको परामर्श समावेश छ।

प्राप्त तथ्यांक र सुझावहरूका आधारमा कार्यान्वयनयोग्य सिफारिसहरू तयार पारिने सूचनामा उल्लेख छ । 

काठमाडौं महानगरले पछिल्ला वर्षहरूमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ। 






Leave a comment




Comments