31 January 2026
२०८२-१०-१८ (शनिबार)
सरकारले राष्ट्रिय सहरी नीति २०८१ सार्वजनिक गरेको छ। मंसिर २८ गते मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत यो नीति राजपत्रमा छिट्टै प्रकाशित हुनेछ।
नयाँ सहरी नीतिले सहरी पूर्वाधार विकासका लागि स्रोतहरूको विविधीकरण गर्न जोड दिएकोले निजी क्षेत्र यसबाट उत्साहित भएको छ।
सहरी नीतिमा स्मार्ट सहर, आर्थिक करिडोर, र जलवायु अनुकूलनलाई प्रमुख प्राथमिकताका रूपमा राखिएको छ। साथै, आधुनिक प्रविधिको प्रयोग, विपद् व्यवस्थापन, र दिगो विकास लक्ष्यलाई केन्द्रीत गरी नीति तयार पारिएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय सहरी नीति २०८१:
https://drive.google.com/file/d/1spGQtACFhghDfZmXLHDhAH5D6lt7YDIQ/view?usp=sharing