- 14 November 2024
- २०८१-०७-२९ (बिहिबार)
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले इन्जिनियरहरूका लागि करियर क्याम्प कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगर सहरी योजना आयोगद्वारा सञ्चालित करियर क्याप्प २०८१ कार्यक्रम अन्तर्गत सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरूले सहभागिता जनाउन सक्ने छन् । सहभागीहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीको रूपमा छनोट गरिने महानगरले एक सूचना जारी गर्दै जनाएको छ ।
छनोट हुने प्रशिक्षार्थीलाई महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारुप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरीवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराइने छ । व्यावसायिक सीप, दक्षता र अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
यस कार्यक्रममा सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएकोले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको करियर क्याम्पको लिंकमा आफ्नो आवेदन दिन आव्हान समेत गरिएको छ ।
छनोट हुनेले मासिक २५ हजार रुपैयाँ पाउने छन् भने उक्त कार्यक्रमका लागि २२ जनाको संख्या तोकिएको छ ।
हेर्नुहोस् सूचना: