एउटै वडामा तीनवटा पुल एकैसाथ निर्माण


Posted: Oct. 23, 2024
  Engineers Nepal

म्याग्दी- उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् । 

शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको रु तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ ।

यो पुल रु एक करोड ५० लाख लागतमा निर्माण भएको हो । स्वाँतको खोपा खोलामा पनि रु ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।






Leave a comment




Comments