एभरेस्ट इन्जिनियरिङ कलेजद्वारा एकदिवसीय सेमिनार सम्पन्न


Posted: Oct. 5, 2024
  Engineers Nepal

काठमाडौँ- पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको स्नात्कोतर कार्यक्रम एमई कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरेको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरूमा इन्जिनियरिङ सेवा र नवप्रवर्द्धन र इन्जिनियरिङ शिक्षाबीचको खाडललाई कम गर्न नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने बताएका थिए । उनले कलेजका सम्पूर्ण श्रोत साधनहरू अनुसन्धानका लागि नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रमुख अतिथि नेपाल इन्जिवनयररङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तर्राष्ट्रिय मान्यताका भइराखेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा सञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरू, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरू, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ता तथा समग्र इन्जिनियरिङ विषयका विद्याथीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सेमिनारमा उपस्थित शिक्षाविदहरू त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौँ विश्वविद्यालयका प्रा.डा. सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरू लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञहरू बीच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवर्द्धन बीचको खाडललाई कम गर्ने सम्बन्धमा बृहत्तर छलफल गरिएको थियो ।

यस्तै एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीहरूका लागि थेसिससहित दुई वर्षमा पढाई सक्ने गरी विशिष्ट कार्ययोजना प्रस्तुत गरेका थिए । प्राचार्य इ. बिरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सहप्राचार्य इ.रजिन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।






Leave a comment




Comments