- 14 November 2024
- २०८१-०७-२९ (बिहिबार)
काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।
परीक्षा नियन्त्रक कार्यालय भक्तपुरले शनिबार एक सूचना प्रकाशित गर्दै प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम थप भएको उल्लेख गरेको हो ।
वर्षा र बाढी प्रकोपका कारण शिक्षण संस्था, आवेदकहरू पनि प्रभावित हुन पुगेको र आवागमनमा कठिनाईले गर्दा आवेदन फाराम भर्ने म्याद थपका लागि अनुरोध भई आएको हुँदा प्रवेश परीक्षाको कार्यतालिका संशोधन गरिएको सूचनामा भनिएको छ ।
सूचनामा भनिएको छ, 'यस कार्यालयको मिति २०८१।०६।१४ गते प्रकाशित सूचना अनुसार शैक्षिक सत्र २०८१/०८२ मा प्रि-डिप्लोमा तह एप्रेन्टिसिप (२४ महिने) कार्यक्रमको प्रवेश परीक्षाको सूचना बमोजिम मिति २०८१।०७।०३ गतेका लागि प्रवेश परीक्षा निर्धारण गरिएकोमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको च.नं. ३१, मिति २०८१।०६।१६ गतेको पत्रानुसार वर्षा र बाढी प्रकोपका कारण शिक्षण संस्था, आवेदकहरू पनि प्रभावित हुन पुगेको र आवागमनमा कठिनाईले गर्दा आवेदन फाराम भर्ने म्याद थपका लागि अनुरोध भई आएको हुँदा देहाय बमोजिम हुने गरी प्रवेश परीक्षाको कार्यतालिका संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'
छनोट प्रक्रियासम्बन्धी कार्यक्रम अन्तर्गत आवेदन फाराम भर्ने अन्तिम म्याद २०८१ कार्तिक ६ गतेसम्म हुने र ITMS Online df Entry गर्ने अन्तिम मिति कार्तिक ७ गतेसम्म रहेको छ । यस्तै शिक्षण संस्थाले शुल्क दाखिला गर्नुपर्ने अन्तिम मिति कार्तिक ७ गतेसम्म तोकिएको छ ।
लिखित प्रवेश परीक्षा कार्तिक १० गते शनिबार बिहान ८:०० बजे सम्बन्धित शिक्षण संस्थामा हुने छ भने अन्तर्वार्ता कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि सम्बन्धित शिक्षण संस्थामा हुने सूचनामा उल्लेख गरिएको छ ।
सूचना: