04 May 2026
२०८३-०१-२१ (सोमबार)
तनहुँ- सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो ।
गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार रुपैयाँ विनियोजन भएको छ ।
उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।