निर्माण कम्पनीको ढिलासुस्तीले ४१ करोड ६२ लाखको परियोजना अलपत्र


Posted: Oct. 4, 2024
  Engineers Nepal

सिन्धुपाल्चोक- जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रंगशाला अलपत्र परेको छ । 

निर्माण कम्पनीको ढिलासुस्तीले ४१ करोड ६२ लाख रुपैयाँको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रंगशालाको काम रोकिएको छ । 

यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रंगशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताए । 

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले रंगशाला नहुँदा ६ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गरे ।






Leave a comment




Comments