बागमती साना जलविद्युत् आयोजनाको पावर हाउस डुब्यो, विद्युत् उत्पादन बन्द


Posted: Sept. 29, 2024
  Engineers Nepal

काठमाडौँ- माण्डु हाईड्रोपावर लिमिटेडको बागमती साना जलविद्युत् आयोजनाको पावर हाउस पूर्णरूपमा डुबेको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बागमती खोलामा आएको भीषण बाढी तथा पहिरोले आयोजनाको पावर हाउस पूर्णरूपमा डुबेको हो । जसबाट विद्युत् बन्द भएको छ ।

कम्पनी सचिव सुन्दर श्रेष्ठका अनुसार यस आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचनालगायत उपकरणहरूमा क्षति पुग्नुका साथै प्लान्ट सञ्चालन अवरुद्ध भई काबुभन्दा बाहिरको स्थिति सृजना भई विद्युत् उत्पादन हुन सकेको छैन ।

यस सम्बन्धी पूर्ण क्षतिको विवरण आउन भने बाँकी रहेको उनले बताए ।






Leave a comment




Comments