21 February 2025
२०८१-११-०९ (शुक्रबार)
काठमाडौँ- आइओइ अन्तर्गत पुलचोक क्याम्पस र थापाथली क्यम्पसमा विद्यार्थीहरूले अनलाइनमार्फत नै मेल गरेर भर्ना गर्न सकिने भएको छ । दुवै क्याम्पसले बि.ई./बि.आर्क. तहमा दोस्रो सूचीमा भर्ना सम्बन्धी सूचना जारी गर्दै यस्तो बताएका हुन् ।
पुल्चोक क्याम्पसले हाल देश भर भइरहेको अत्याधिक वर्षाले गर्दा सृजना भएको असहज परिस्थितिका कारण यस दोस्रो सूचीमा नाम प्रकाशित भएका आवेदकहरू भर्ना हुन यस क्याम्पसमा उपस्थित हुन नसकेको खण्डमा यस भर्ना समितिको email address: [email protected] मा email गरी पनि भर्ना हुन सकिने बताएको छ । यसरी भर्ना हुनका लागि यस क्याम्पसको सिद्धार्थ बैंक पाटन ढोका शाखामा रहेको खाता नं. ००९१५०१९२०३ मा नेपालको कुनै पनि ठाउँबाट आवश्यक रकम जम्मा गरी रकम जम्मा गरेको भाउचर स्क्यान गरी इमेलमार्फत पठाउनु पर्ने छ ।
रकम जम्मा गर्दा भाउचरमा जम्मा गर्नेको नाममा आफ्नो नाम, रोल नम्बर र र्यङ्क लेख्नु पर्नेछ ।
यस्तै थापाथली क्याम्पसले पनि वर्षाका कारण बाढी, पहिरो, डुबान तथा राजमार्ग अवरुद्ध भै आवतजावतमा असहज परिस्थिति सृजना भएको भन्दै बी.ई. /बी.आर्क तहको पहिलो चरणको दोस्रो भर्ना सूचीमा नाम प्रकाशित भएका आवेदकहरूले भर्ना सहजको लागि अनलाइनमार्फत Connect IPS को प्रयोग गरी भर्ना प्रकृया गर्न सकिने जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना: