04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियरिङ परिषदले ५५ वटा इन्जिनियरिङ शिक्षण संस्थाहरूलाई अध्ययन अध्यापन गराउन स्वीकृति दिएको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २१ नेपाल इन्जिनियरिङ परिषद् नियमावली, २०५७ संशोधनसहित) को नियम १५ तथा परिषद्को इन्जिनियरिङ शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संशोधन, २०७० सहित) बमोजिम परिषदले हाल (२०८०/०९/२०) सम्म ५५ वटा इन्जिनियरिङ शिक्षण संस्थाहरूलाई अध्ययन अध्यापन गराउन स्वीकृति दिएको हो ।
परिषदले सूचना प्रकाशित गर्दै एक शैक्षिक सत्रमा ११ हजार ९९७ जना विद्यार्थी भर्ना गर्न स्वीकृत भएको जानकारी गराएको हो ।
५५ मध्ये ७ वटा शिक्षण संस्थाले स्थायी रूपमा स्वीकृति पाएका छन् भने बाँकी ४८ वटा शिक्षण संस्थाहरू अस्थायी रूपमा रहेका परिषदले जनाएको छ ।
स्नातक तहमा स्वीकृत भएका विषयहरू सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरिङ, आइ.टी, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, बायोमेडिकल, जियोमेटिक्स, बइटी सफ्टवेयर, बीई इन्जिनियरिङ, अटोमोबाइल, एरोपेस, केमिकल इन्जिनियरिङ, एग्रीकल्चर, माइनिङ, हाइड्रो, इन्भाइरोमेन्टल र इन्डस्ट्रियल इन्जिनियरिङ रहेका छन् ।
इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूले नेपालको बोर्ड/विश्वविद्यालयबाट मान्यताप्राप्त संस्थाबाट I.SC. / 10+2 / Diploma in Engineering/Architecture मा कम्तीमा Second division, Grade point 2 वा माथि र Letter grade 'C' वा माथि प्राप्त गरेको हुनुपर्ने सूचनामा जनाएको छ ।
सूचना: