04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले २५ सयभन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिनका लागि आवेदन खुला भएको छ ।
परिषद्ले शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम खुला गरेको हो ।
तालिमका लागि आवश्यक योग्यताहरूमा एस.एल.सी. वा एस.ई.ई. परीक्षामा सहभागी हुनुपर्ने छ भने तालिम लिन इच्छुक व्यक्ति सम्बन्धित तालिम/प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम हुनुपर्ने सूचनामा उल्लेख छ । यस्तै कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने तथा दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र हुनुपर्ने भनिएको छ ।
साथै यस सम्बन्धी विस्तृत विवरण "प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप)- प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९ (संशोधनसहित)" मा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गर्नु गराउन अनुरोध समेत गरिएको छ । सो निर्देशिका https://www. ctevtexam.org.np वा https://www.enssure.org.np वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
सूचना: