आज तीनकुनेदेखि विमानस्थलसम्म दिनभर विद्युत् अवरुद्ध


Posted: Sept. 21, 2024
  Engineers Nepal

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा आज (शनिबार) विद्युत् अवरूद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले बानेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध गरेको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

प्राधिकरणले केमसी फिडरअन्तर्गत तीनकुने गैरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा र केएमसी हस्पिटल क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको सूचनामा उल्लेख छ ।

न्यू एअरपोर्ट फिडर अन्तर्गत विमानस्थल तथा आसपास क्षेत्रमा पनि विद्युत् अवरुद्ध भएको छ । यस्तै एअरपोर्ट डेडिकेटेड फिडरअन्तर्गत भन्सार कार्यालय क्षेत्रमा समेत विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ ।

काम निर्धारित समय अगावै सकिए तोकिएभन्दा अगाडि नै विद्युत् आउने पनि प्राधिकरणले जनाएको छ ।


 






Leave a comment




Comments