04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- बी.ई/बी.आर्क तहमा भर्नाका लागि आवेदन दिएका आवेदकहरूको संशोधन र थप समयावधिपछिको नामावली प्रकाशन गरिएको छ ।
पुलचोक क्यम्पसको भर्ना समितिले एक सूचना जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डबाट २०८१ सालमा सञ्चालित बि.ई./बि.आर्क तहको प्रवेश परीक्षामा उत्तीर्ण भई यस क्याम्पसमा भर्नाका लागि आवेदन दिने आवेदकहरूको संशोधन र थप समयावधिपछिको नामावली प्रकाशन गरिएको जनाएको हो ।
कोटातर्फ आवेदन दिने आवेदकहरूको इ.अ.सं. कागजात प्रमाणीकरण समितिले उपलब्ध गराएको योग्य सूचीसँग रुजु गरी नसकिएकाले अनलाइनमा कोटाको लागि Priority Application Form भरेको र प्राथमिकता संशोधनको लागि दिएको निवेदनको आधारमा मात्र नाम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।
आर्किटेक्चर कार्यक्रममा आवेदन दिने आवेदकहरूको झुकाव परीक्षा २०८१ असोज ४ गते विहान १०:३० बजे पुल्चोक क्याम्पसको आर्किटेक्चर विभागमा सञ्चालन हुने जानकारी पनि सूचनामा गराइएको छ । झुकाव परीक्षा दिन आउँदा यस क्याम्पसमा भर्नाका लागि Online Priority Application Form भर्दा प्राप्त Confirmation Page लिएर आउनु पर्ने छ ।
प्रकाशित नामावली: