को-को भिड्दै छन् आईओइको डीनमा ?


Posted: Sept. 17, 2024
  Engineers Nepal

इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)को डीनमा एघार जना प्राध्यापकले आवेदन दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयको भाद्र १७ गतेको सूचना अनुसार आईओइको डिनमा एघार जना प्राध्यापकको आवेदन परेको छनोट तथा सिफारिस समितिले जनाएको छ । 

आवेदन दिनेहरुमा संस्थानको सहायक डिन सुशील बज्राचार्यसहित नन्दविक्रम अधिकारी, राजन सुवाल, सुदन झा, लक्ष्मण पौडेल, सुर्वण शाक्य, महेशचन्द्र लुइलेट, हरिराम पराजुली, भोलानाथ शर्मा घिमिरे, जगतकुमार श्रेष्ठ र सञ्जिता सिंह रहेका छन् । 

आवेदकहरूको प्रशासनिक, प्राज्ञिक अनुभव, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता र योजनामा छुट्टाछुट्टै अंक तोकी कुल एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा हुने आधार र मापदण्डसम्बन्धी विनियममा तोकिएको छ । 

त्रिवि कार्यकारी परिषदले आईओइको डिन छनोटका लागि जीवराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

बिगत १५ वर्ष अघि देखि राजनीतिक भागबन्डाका आधारमा इन्जिनियरिङ अध्ययन संस्थानको डीन नेकपा एमाले निकट प्राध्यापकले पाउँदै आएका थिए । 






Leave a comment




Comments