20 April 2025
२०८२-०१-०७ (आइतबार)
काठमाडौँ- काठमाडौँका विभिन्न स्थानहरूमा आज शनिबार विद्युत् अवरूद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।
असन फिडर अन्तर्गत रत्नपार्क बगैंचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ देखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।