आइओइको बीई इन्ट्रान्सको नतिजा प्रकाशित, ६ हजार ५ सय ३० जना मेरिटभित्र परे


Posted: Sept. 8, 2024
  Engineers Nepal

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)को शैक्षिक सत्र २०८१/०८२को लागि लिइएको बीई./बी.आर्क प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । 

भदौ १६ गतेदेखि २२ गतेसम्म कम्प्यूटर माध्यमबाट संचालन भएको प्रवेश परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको हो ।

प्रवेश परीक्षामा कुल ९ हजार ३ सय ६१ जना विद्यार्थीहरूले फारम भरेकोमा इन्जिनियरिङ अध्ययन संस्थानले ६ हजार ५ सय ३० जनालाई मेरिटभित्र राखेर नतिजा प्रकाशन गरेको छ ।

केही वर्षदेखि संस्थान अन्तर्गतका निजी कलेजमा विद्यार्थीको अभाव हुन थालेपछि उत्तीर्ण प्रतिशत हटाएर संस्थानले विद्यार्थी भर्ना कोटा संख्या अनुसार मेरिट प्रकाशन गर्दै आएको छ । 






Leave a comment




Comments