- 15 November 2024
- २०८१-०७-३० (शुक्रबार)
काठमाडौँ- दिगो ऊर्जा प्रवर्द्धन गर्न गोल्यान पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ ।
दिगो ऊर्जाको क्षेत्रमा दुई कम्पनीको संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने साझा प्रतिबद्धतासमेत उक्त सम्झौतामार्फत जनाइएको छ । सम्झौता पत्रमा गोल्यान पावरका निर्देशक अक्षय गोल्यान र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरेका हुन् ।
सम्झौता समारोहमा गोल्यान ग्रुपका प्रमुख वित्तीय अधिकृत (सीएफओ) संजय साह र गोल्यन ग्रुपको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अर्यालसहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति थियो ।
सम्झौताले हरित भविष्यको साझा दृष्टिकोणलाई अघि बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।