21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेजले दुई वर्षे एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट (MSC construction management) का लागि नयाँ भर्ना खुलाएको छ ।
पोखरा विश्वविद्यालयसँग सम्बद्ध रहेको नेपाल इन्जिनियरिङ कलेज स्नातकोत्तर अध्ययन केन्द्र ललितपुरले दुई वर्षे एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट कार्यक्रमका लागि भर्ना खुलाएको हो । २०२४ को सेप्टेम्बरका लागि खोलिएको यो भर्ना ३४ औं ब्याच रहेको छ । कलेजले यो विषय पढाउन सन् १९९९ देखि सुरु गरेको र यस कार्यक्रमका लागि मात्र २७ सिट उपलब्ध रहेको जनाएको छ ।
यो दुई वर्षे कार्यक्रमका लागि चार लाख पाँच हजार २ सय रुपैयाँ तोकिएको छ ।
प्रवेश परीक्षा सेप्टेम्बर १४, २०२४ (२०८१ भाद्र २९) मा नेपाल इन्जिनियरिङ कलेज स्नातकोत्तर अध्ययन केन्द्र प्रयागपोखरी, लगनखेल, ललितपुरमा हुने छ ।
सिभिल/मेकानिकल/इलेक्ट्रिकल/जियो-टेक्निकल/हाइड्रोपावर इन्जिनियरिङ् र वास्तुकलामा स्नातक तथा मान्यता प्राप्त विश्वविद्यालय/संस्थाबाट न्यूनतम दोस्रो डिभिजन सो सरह प्राप्त गरेका विद्यार्थीले मात्र यस कार्यक्रमका लागि भर्ना हुन पाउने छन् ।
थप जानकारीका लागि cps.nec.edu.np मा सम्पर्क गर्न कलेजले आग्रह गरेको छ ।