20 April 2025
२०८२-०१-०७ (आइतबार)
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जाविज्ञमा ई. प्रवल अधिकारी नियुक्त भएका छन् । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उनलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेको हो ।
इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका अधिकारी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुन् ।
नेपालको ऊर्जा क्षेत्रमा तीन दशकदेखि क्रियाशील अधिकारी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका जानकार मानिन्छन् ।
नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गरेका छन् ।
ऊर्जा सुरक्षाको विषयलाई पनि विशेष प्राथमिकतामा राखेर नीतिगत व्यवस्थापनमा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।