04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायतर्फको स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा (इन्ट्रान्स)को नतिजा सार्वजनिक भएको छ।
शैक्षिक सत्र ०८१/८२ का लागि ८ भदौमा भएको प्रवेश परीक्षाको नतिजा योग्यताक्रम सूची प्रकाशन भएको विश्वविद्यालयले जनाएको छ।
इञ्जिनियरिङ संकायअन्तर्गतका स्कुल/कलेज/क्याम्पसले प्रवेश परीक्षाको योग्यताक्रम सूचीअनुसार विश्वविद्यालयद्वारा तोकिएको भर्ना संख्या (कोटा) का आधारमा ५ प्रतिशत जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुपर्नेछ।
इन्जिनियरिङ संकायका डिन प्राध्यापक देवीप्रसाद भट्टराईद्वारा जारी सूचना अनुसार आरक्षिततर्फको ५ प्रतिशत छात्रवृत्ति सिट सुरक्षित राखेर उत्तीर्ण भएका आवेदकबाट ३० भदौभित्र शैक्षिक योग्यताका सम्पूर्ण प्रमाणपत्र एवं कागजात बुझेर विद्यार्थी भर्ना गर्नुपर्नेछ। उक्त जानकारी त्यसको ३१ भित्र डिनको कार्यालयमा जानकारी दिनुपर्नेछ ।