इन्जिनियरिङ लाइसेन्स परीक्षाको पास प्रतिशत २८% बाट बढेर ४५% पुग्यो


Posted: Dec. 15, 2023
  Engineers Nepal

नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरिङ्ग व्यवसायी नाम दर्ता परीक्षाको तेश्रो पटक लिइएको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशित गरेको छ । 

परिषद्ले मिति मंसिर २२ गते देखि २८ गते सम्म सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा संचालन गरेको तेस्रो लाइसेन्स परीक्षामा यस पटक ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

इन्जिनियरिङका विभिन्न संकाय गरि जम्मा ६०६८ विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी भएकोमा २७४६ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । 

यस भन्दा अघि भएको पहिलो लाइसेन्स परीक्षामा २८ प्रतिशत र दोश्रो लाइसेन्स परीक्षामा करिब ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

 






Leave a comment




Comments