04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजले छात्रा विद्यार्थीहरुलाई इन्जिनियरिङ अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।
कलेजमा संचालित सवै संकायमा भर्ना हुने सवै छात्राहरुलाई अतिरिक्त रु. ३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको कलेज प्रशासनले जानकारी दिएको छ ।
इन्जिनियरिङ लगायत प्राविधिक शिक्षामा पुरुषको तुलनामा महिला विद्यार्थीको कम आकषर्ण रहेकाले प्रोत्साहन सोरुप विशेष छात्रवृत्ति दिइएको सगरमाथा इन्जिनियरिङ कलेजका प्रिन्सीपल ई. रमेश श्रेष्ठले बताए ।
सानेपा स्थीत कलेजले हाल तीन विषयः बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ ।
यसैगरी, आइँटी कोर्षहरुमा बीई सीएसआईटी र बीसीएस पनि संचालनमा छ ।