नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक अप्पर बलेफी हाइड्रो पावर कम्पनीबीच विद्युत खरिद सम्झौता (पिपिए)


Posted: Nov. 23, 2023
  Engineers Nepal

गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक अप्पर बलेफी हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद बिक्री गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

पिपिएमा प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ तथा कम्पनीको तर्फबाट अध्यक्ष उमेश कसजुले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा गोल्यान समूहको ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा प्रमुख वित्तीय अधिकृत सन्जय शाहको पनि उपस्थिती थियो ।

सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको बिजुली बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४०  रुपैयाँमा खरिद गर्नेछ ।

आयोजनाले उत्पादन गर्ने विद्युत् विद्युतगृहदेखि १० किलोमिटरमा दुरीमा बन्ने पाङटाङ सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने १० किलोमिटर १३२ केभी प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।






Leave a comment




Comments