21 April 2025
२०८२-०१-०८ (सोमबार)
सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको छ ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाईमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोसीको विद्युत् खेर जान नदिन उच्च व्यवस्थापनले जोड दिएको हो ।
सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र (१५ जनवरी, २०२४) सम्पन्न गर्ने तालिका तय गरिएको छ ।