21 April 2025
२०८२-०१-०८ (सोमबार)
एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको नारायणगढ-बुटवल खण्डको काम ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ ।
ठेकदारहरुका अनुसार बजेट नै नभएपछि तोकिएको म्याद २०८० मंसिर मसान्तभित्र काम सकिने सम्भावना न्यून भएको छ ।
अझै ६ किलोमिटर लामो सडक विस्तारको काम सक्न ४५ करोडभन्दा बढी रकम आवश्यकता पर्छ भन्ने ठेकदार कम्पनीको जिकिर छ ।
साथै सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुत गतिमा काम गर्न नसकिएकोले ठेक्काको म्याद थपका लागि प्रकृयासमेत अगाडि बढाएको उनीहरुले बताएका छन् ।
२०७७ भदौंमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सडक विस्तारको म्याद २०७९ फागुनमा सकिएपछि पुन २०८० मंसिरसम्म म्याद थप गरेको थियो ।
दुवैतर्फका सर्भिस लेनमा काम रोकिंदा बजार क्षेत्रका लायन्सचोक, पूल्चोक लगायतका क्षेत्र धूलाम्य भएका कारण बजार क्षेत्रमा व्यवसायीहरू मर्कामा परेका छन् ।