सेती नदीमा एक अर्ब लागातको चार लेनको ‘सिग्नेचर पुल’को शिलान्यास


Posted: Nov. 17, 2023
  Engineers Nepal

पृथ्वीराजमार्ग अन्तर्गत रहेको पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शनिबार शिलान्यास गरिएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेकोे सो पुलको लागत एक अर्ब सात करोड २४ लाख भ्याटसहित रहने बताइएको छ ।

नेपालकै नमूना सिग्नेचर’ पुल बन्ने गरी निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले डिजाइन गरेको दाबी गरेको छ ।

निर्माणाधीन यस ‘केबल–स्टेड’ प्रविधिको पुलको लम्बाइ १९०/१९० मिटर रहने छ  भने चौडाइ ११/११ गरी २२ मिटर हुनेछ । हाल भइरहेको पुललाई समेत गणना गर्दा ६ लेनको पुल हुनेछ ।

६ लेनको पोखरा मुग्लिङ् सडक बिस्तार सँगसँगै यो पुल पनि सञ्चालनमा आउने मुग्लिन–पोखरा (पश्चिम खण्ड) सडक योजनाका योजना प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुवैतर्फ २८ देखि ३५ मिटर गहिरा ३०/३० वटा गरी तलमाथि सम्पूर्णमा १२० वटा पाइल रहने छन् । १४ मिटरका ४ वटा फाउन्डेशन टावरमा केबलबाट ४ वटा एङ्कर ब्लक जडान गरी एक्स्ट्रा डोजको सिग्नेचर पुल बन्नेछ ।

यसलाई थप आकर्षण दिन आधुनिक तवरका बत्तीहरु पनि जडान हुने योजना प्रमुख पौडेलले जानकारी दिनुभयो । सो बत्तीको जडानले रातको समय पनि पुल सेरोफेरो पोखरालाई झिलिमिली पार्नेछ ।

-गोरखापत्र






Leave a comment




Comments