इन्जिनियरिङ शिक्षाको उचाइमा सगरमाथा कलेज


Posted: Nov. 10, 2023
  Engineers Nepal

२०६७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापित इन्जिनियरिङ कलेज सगरमाथा कलेज हो । इन्जिनियरिङ र आईटी शिक्षामा २०औँ वर्षको लामो अनुभव भएको समूह मिलेर यो कलेजबाट अध्यापन सुरु गरिएको छ ।

‘सुरुमा बीई सिभिल र बीई इलेक्ट्रोनिक्स कम्युनिकेसनबाट अध्ययन गराउन सुरुवात गरेको थियौं,’ प्रधानाध्यापक रमेश श्रेष्ठ भन्छन्, ‘त्यसको ६/७ वर्षपछि नै २०७४ बाट बीई कम्प्युटर विषय पनि थपियो ।’ 

अहिले कलेजले हाल तीनवटा विषय बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटरमा अध्यापन गराउँदै आएको छ । यसैगरी, आइँटीमा बीई सीएसआईटी र बीसीएस पनि छ । 

सगरमाथा कलेजको शैक्षिक वातावरण अन्य कलेजको तुलनामा भिन्न रहेको बताउँछन् प्रधानाध्यापक श्रेष्ठ । उनका अनुसार अहिलेसम्म कलेजबाट नौवटा ब्याच उत्पादन भएका छन् । ‘शतप्रतिशत विद्यार्थीको प्लेसमेन्ट भएको छ,’ उनी भन्छन्, ‘केही थप अध्ययनका लागि बाहिर गएका छन् भने केहीले पीएचडीसम्मको अध्ययन सम्पन्न गरेर करिअरमा प्रगति गरेका छन् ।’

कलेजमा विद्यार्थी समूह अलि बढी भाइब्रेन्ट, सक्रिय र डायनामिक रहेको बताउँछन् उनी । ‘कोर्स करिकुलममार्फत पाएका ज्ञानहरूले मात्रै विद्यार्थीलाई बजारमा अथवा कुनै उद्यम सुरु गर्यो भने पनि पुग्दैन । यस्तो समस्या नहोस् भनेर कलेजले क्लब र सोसाइटीलाई बढी प्रवद्र्धन गरिरहेको छ । त्यसले परिणाम पनि दिन सुरु गरेको छ,’ उनी भन्छन् । 

सगरमाथा कलेजले कोर्स करिकुलमभन्दा बाहिर बजार, इन्डस्ट्रीमा के भइरहेको छ भनेर विज्ञहरूलाई कलेजमा बोलाएर बढीभन्दा बढी विद्यार्थीहरूलाई उद्योगसँग जोड्ने गतिविधिहरू गरिरहेको छ । ‘अनलाइन, अफलाइन टक शोहरू भएका छन् । यसले विद्यार्थीलाई सहयोग पुगेको उनले बताए ।

कलेजले विद्यार्थीलाई चार वर्षको कोर्सबाहेक अहिलेको उद्योगमा आवश्यक सीप र अनुभवलाई मध्यनजर गरेर अनुसन्धान र विश्लेषणात्मक रूपमा केन्द्रित भएर विज्ञहरूसँग अन्तक्रिया गरी वर्कआउट गराउँदै आएको छ । ‘यसैका आधारमा तालिमहरू दिने गरेका छौँ,’ उनले भने, ‘पहिलो वर्षमा सिधै तालिम दिन आप्ठेरो हुने भएकाले दोस्रो वर्षदेखि चौथो वर्षसम्म पाँचवटासम्म कोर्सदेखि बाहिरका तालिमहरू दिने गरेका छौँ ।’ 

यस्ता तालिम बजारको आवश्यकता र प्रविधिमा भएको विकासलाई मध्यनजर गरेर आयोजना हुने गरेका छन् । यसको फिडब्याक पनि आउन थालेको उनले बताए । सीप र अनुभवसहित आत्मविश्वासका साथ बजारमा जाने र बलियो भूमिका निर्वाह गरेको उदाहरण रहेको बताउँछन् प्रधानाध्यापक श्रेष्ठ । 

कस्ता विद्यार्थी भर्ना हुन पाउँछन् ?

यो कलेजमा भर्ना हुन प्लस टु साइन्समा हरेक विषयमा सी ग्रेड ल्याएको हुनुपर्छ । ‘२०० पूर्णांकको म्याथम्याटिक्स पढेकै हुनुपर्छ । सबै विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले सुरुमा इन्जिनियरिङ संस्थानले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ,’ उनी भन्छन् । 

त्यसपछि समगरमाथा इन्जिनियरिङ कलेजमा आएर भर्नाको लागि आवेदन बुझाउनुपर्ने हुन्छ । आवेदन बुझाउनेमध्ये मेरिट लिस्टका आधारमा भर्ना हुन योग्य विद्यार्थीको सूची प्रकाशित गर्छ । जसका आधारमा भर्ना गरिन्छ । 
 
आइटीका दुई विषय:  सीएसआईटी र बीई कम्प्युटर

बीएस्सी सीएसआईटी र बीई कम्प्युटर कोर्समा आधारभूत भिन्नता भनेको बीई सीएसआईटीमा बीई कम्प्युटरजस्तो आधारभूत साइन्स कोर्स हुँदैन । ‘पहिलो वर्षदेखि नै आईटीको विषय पढ्नेले अरु ननआईटी कोर्स रुचाउँदैनन्,’ श्रेष्ठ भन्छन् ।

सगरमाथा कलेजमा सञ्चालन भइरहेको बीएस्सी सीएसआईटी त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानबाट सम्बन्धनप्राप्त विषय हो । यो कोर्समा बीई कम्प्युटरजस्तो बेसिक साइन्सको कोर्स भने हुँदैन । ‘विद्यार्थीहरू भर्ना भएदेखि नै आईटी रिलेटेड कोर्स बढी पढ्न पाउँछन्, बेसिक साइन्सको कोर्समा समय खर्च गर्न नपरोस् भन्ने चाहन्छन् । त्यस्ता विद्यार्थीहरू बीएस्सी सीएसआईटीमा भर्ना हुनु उपयुक्त हुन्छ,’ प्रधानाध्यापक श्रेष्ठ भन्छन् । 

बीई कम्प्युटरमा एप्लाइड मेकानिक्स, इन्जिनियरिङ ड्रोइङ, थर्माे मेकानिक्स, वर्कसप टेक्नोलोजीजस्ता ननआईटी विषयहरू पनि पढ्नुपर्छ भने बीएस्सी सीएसआईटीमा त्यस्ता विषय पढ्नु पर्दैन । त्यस्तो कोर्सको ठाउँमा आईटी रिलेटेड कोर्स हुने बताउँछन् प्रधानाध्यापक श्रेष्ठ ।
 






Leave a comment




Comments