कम्प्युटर इन्जिनियरिङ पढे बेरोजगार बस्नै पर्दैन


Posted: Nov. 10, 2023
  Engineers Nepal

नेपालमा आईटीको प्रचुर सम्भावना छ । जहाँ विकासले गति लिएको हुँदैन, त्यहाँ धेरै काम गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्प्युटर इन्जिनियरिङको आवश्यक पर्छ । नेपालजस्तो देशमा झन् अपरिहार्य नै छ । यसका लागि कम्प्युटर इन्जिनियरिङ कोर्सको महत्व झन् बढी छ । यस विषयमा यो कस्तो कोर्स हो ? यो विषय पढेपछि कस्ता अवसर मिल्छन् भन्ने विषयमा राष्ट्रिय योजना आयोगका आईटीविज्ञ डा. गणेश गौतमले आफ्नो विचार यसरी प्रस्तुत गरेका छन्ः

कम्प्युटर इन्जिनियरले कुन–कुन क्षेत्रमा काम गर्न सक्छ भन्ने कौतुहलता नयाँ भर्ना हुने विद्यार्थीमा हुन्छ । यो स्वाभाविक पनि हो । कम्प्युटर इन्जिनियरिङको क्षेत्र फराकिलो छ । यसभित्र सफ्टवेयर डेभलपमेन्ट मात्रै होइन, अहिलेको चर्चित विधा आर्टिफिसियल इन्टलिजेन्स, रोबोटिक्स, साइबर सेक्युरिटी, डेटा साइन्स, सफ्टवेयर डिजाइन, हार्डवेयर डिजाइनलगायत विभिन्न विधामा काम गर्न सकिन्छ । 

सफ्टवेयर डेभलपमेन्ट भन्नाले अहिले गरिराखेको म्यानुअल कामलाई अटोमेटिक बनाउने हो । यो अनलाइनमार्फत होस् वा अफलाइन, दुवै तरिकाले गर्न सकिन्छ । जस्तोः लाइसेन्स लिन लाइन बस्नुपर्छ, यस्तो प्रणालीको विकास गरौँ, ताकि लाइन नै बस्न नपरोस् । त्यस्तो सफ्टवेयर पनि विकास गर्न सकिन्छ । 

अर्काे हार्डवेयर डिजाइन हुन्छ । हार्डवेयर र सफ्टवेयरको सम्मिश्रण गरेर एउटा नयाँ प्रणालीको विकास गर्न सकिन्छ । जसले जीवनशैलीमै परिवर्तन ल्याउन मद्दत गर्छ । अर्काे भाषामा भन्दा यसलाई चिपमा प्रोग्रामिङ गर्ने हो । 

हार्डवेयर र सफ्टवेयरलाई इन्टरप्रेस गरेर इन्डिकेट सिस्टम भनेर नयाँ कोर्स बनाइएको छ । जहाँ माइक्रो कम्प्युटोलोजीमा प्रोग्रामिङ गर्ने, नयाँनयाँ प्रविधि विकास गर्ने, सिस्टम बनाउने हुन्छ । यो पनि एउटा कम्प्युटर इन्जिनियरले गर्न सक्छ ।

योबाहेक रोबोटिक्समा पनि प्रशस्त सम्भावना छ । उद्योगहरूमा जहाँ मानिस जान सक्दैन, त्यहाँ रोबोट पठाएर काम गराउन सकिन्छ ? यसमा मेकाट्रोलेक्स भन्ने छ । टेक्निकल र इलेक्ट्रोनिक पक्ष हुन्छ । विशेष गरी टेक्निकल पक्षमा कम्प्युटर इन्जिनियरले गर्न सक्छ । 

अहिले अर्काे क्षेत्र आर्टिफिसियल इन्टलिजेन्स पनि तीव्र विकास भइरहेको छ, हाम्रो बानी बुझ्ने खालको छ । बिहानबेलुका युट्युबमा हामीले के हेर्छाैं भन्ने उसले देखाउँछ । यो पनि एउटा कम्प्युटर इन्जिनियरिङको पक्ष हो । यसबाहेक गुगल बर्ड, च्याट जेपीटी छ । यसले मान्छेको बानी नै परिवर्तन गर्न थालिसक्यो । केही डकुमेन्टेसन गर्नुप¥यो भने च्याट जेपीटी नभई नहुने भइसक्यो । 

अबको दुनियाँ भनेकै आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँ हो । त्यसैले पनि कम्प्युटर इन्जिनियरिङमा वाइड स्कोप छ । योबाहेक स्वास्थ्यकै विषयलाई हेरौँ । डाक्टरलाई भेट्ने समय हुँदैन । टेलिमेडिसिनको पाटो छ । डाक्टर नभेटेरै कसरी उपचार गर्ने, शरीरको सञ्चालन, जस्तैः ब्लडप्रेसर, टेम्प्रेचर, वाक वे हेर्न मिल्ने प्रणालीको विकास भइरहेको छ । 

कलेजोको काम कस्तो छ, किड्नीले काम गरेको छ कि छैन ? त्यो हेर्न पनि प्रविधिको विकास गर्न सकिन्छ । भयानक रोग क्यान्सरका सेलहरू कहाँ वृद्धि भइरहेका छन् भनेर पत्ता लगाउने प्रविधिको विकास गर्न कम्प्युटर इन्जिनियरिङको ठूलो भूमिका हुन्छ । 

यसैगरी, मनोरञ्जन क्षेत्रमा लुडो, चेस, पब्जीलगायतका धेरै खेलहरू अहिले हामीले मोबाइलमै खेल्न थालिसकेका छौँ । यो पनि प्रविधिको विकासकै देन हो । यसमा अझै धेरै खेलका सम्भावनाहरू छन् । यो नेभर इन्डिङ (अन्त्य नहुने) सिकाइ हो । फेसबुक, ट्वीटर, इन्स्टाग्राम चलाउने कुरा पनि कहिल्यै नसकिने पक्ष हो । निरन्तर विकास भइरहेको छ । त्यसैले इन्टरटेनमेन्ट र गेममा फराकिलो सम्भावना छ । 

यसबाहेक अटोमोटिभमा पनि सम्भावना छ । जस्तोे नयाँ किसिमका गाडीहरू दिमागले सोचिरहेको जसरी चल्ने गरी आऊला । तपाईंको दिमागले लेफ्ट सोचिरहेको छ भने त्यो गाडी लेफ्ट मोडिने, राइट सोचिरहेको छ भने राइट जाने बनाउने पनि हुन्छ । ड्राइभरबिना चल्ने गाडी आउँदै छ । चीनले टेस्ट गरिसकेको छ । यसमा कम्प्युटर इन्जिनियरको प्रोग्रामिङ पक्षको भूमिका रहन्छ । 

न्युरोलेन्सहरूको  लेफ्ट भनेको के सोच्छ, राइट भनेको के सोच्छ, फ्रन्ट भनेको के सोच्छ र ब्याक भनेको के सोच्छ भन्ने सेन्सलाई सेन्सर इन्डोर्स गरेर चालकबिनाको गाडी बनाउन सकिन्छ । 
यसबाहेक डेटा साइन्स छ । प्रविधि र आईटी सिस्टम विकास गर्दा डेटाको म्यासिभ कलेक्सन हुन जरुरी हुन्छ । त्यो डेटाको प्रयोग विभिन्न तरिकाले हुन्छ । त्यो डेटाको आधारमा के पत्ता लाग्न सक्छ ? बाहिर जानेको संख्या कति छ ? जागिरको अवसर कति छजस्ता कुरा डेटाका आधारमा कम्प्युटरले आँकडा दिन्छ । 

भोलिका दिनमा यस्तो हुन सक्छ है भनेर डेटा साइन्समा समावेश गर्छ । यो अहिलेको जल्दोबल्दो विषय हो । विदेशमा डेटा साइन्स र इन्जिनियरिङ भन्ने अलग्गै छ । तर, हाम्रोमा सिलेबसको एउटा पक्षका रूपमा राखिएको छ । 

यसैगरी, अहिले क्लाउड कम्प्युटिङ छ । सबै थोक क्लाउडबाट गर्नुपर्छ । कम्प्युटर खाली बनाउने, लेट्स गो टु क्लाउड । हाम्रो स्टोरेज पनि क्लाउड । अपडेट पनि क्लाउड । ब्याकअप राख्ने पनि क्लाउडबाट हुने गरी क्लाउड कम्प्युटिङका कुराहरू पनि आइरहेका छन् । अहिले अमेरिकीहरूले ल्याएको गुगल क्लाउड पनि व्यापक चर्चामा छ । क्यानडातिर क्लाउड कम्प्युटिङको एकदमै प्रयोग हुन थालेको छ । नेपालमा पनि त्यसको प्रयोग हुँदै जान्छ । 

कम्प्युटर इन्जिनियरिङ पढ्दा के कुरामा ध्यान दिने ?

पहिलो त विद्यार्थीले आफ्नो इच्छा र प्यासनको कुरा हेर्नुपर्छ । यो पढेपछि के हुन्छ भन्ने थाहा हुनुप¥यो । मार्केट के छ, हेर्नुप¥यो । अर्काे आफ्नो एकेडेमिक ब्याकग्राउन्ड कस्तो छ ? साइन्स ब्याकग्रान्ड हुनुप¥यो । गणितमा अब्बल हुनुप¥यो ।  कम्प्युटरसँग सम्बन्धित विषयमा रुचि हुनुप¥यो । यससम्बन्धी खोज र पुस्तक अध्ययन हुनुप¥यो । अहिले विकास भएका अनलाइन प्रविधिमा दख्खल हुनुप¥यो । यो भयो भने विद्यार्थीलाई पढ्न सहज हुन्छ ।

कम्प्युटर इन्जिनियरिङको अवसर

सफ्टवेयरमा काम गर्नुपर्ने धेरै चीजहरू छन् । जस्तोस सरकारी क्षेत्रमा अटोमेटिक चीजहरू बनाउने, सफ्टवेयर प्रणालीको विकास गर्ने कामहरू छन् । 

यसबाहेक हेल्थ केयर, फाइनान्स, अटोमोटिभ, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा आईटी इन्फर्मेसन टेक्नोलोजी इन्जेक्ट गर्न सक्छौँ । मान्छेहरूलाई काम गर्न सजिलो र कुनै कामका लागि एक ठाउँबाट अर्काे ठाउँ जान नपरोस् भनेर सफ्टवेयर बनाएर काम गर्न सकिन्छ । 

देशभित्र भर्खर पूर्वाधार निर्माण भइरहेकाले देशभित्र आईसीटीको क्षेत्रमा फराकिलो सम्भावना छ । त्यसबाहेक विदेशमा त कम्प्युटर इन्जिनियर कहिल्यै खाली हुँदैन । सफ्टवेयर डिजाइन, हार्डवेयर डिजाइनलगायत विभिन्न क्षेत्रमा काम गर्न सकिन्छ । 

प्राविधिक शिक्षाको गुणस्तर 

नेपालमा प्राविधिक शिक्षाको गुणस्तर कसरी बढाउनेभन्दा पहिलो कुरा करिकुलम र सिलेबसलाई नै बजार हेरेर समयसमयमा परिमार्जन गरिराख्ने नै हो । 
अर्काे प्राविधिक विषय पढेको व्यक्तिलाई जागिर खोज्नेभन्दा पनि जागिर सिर्जना गर्ने सामग्रीहरू कसरी सिलेबसभित्र राख्ने ? जसबाट कम्प्युटर इन्जिनियरिङ पढेको, इलेक्ट्रोनिक इन्जिनियरिङ पढेको, अरु प्राविधिक विषय पढेकाहरू विदेश जान नपरोस् । 

जागिर सिर्जना गर्नेतिर ध्यान दिइएको छैन । खालि जागिर गर्ने, जागिर पाइँदैन अनि विदेश जाने भन्ने छ । त्यो हिसाबमा बिजनेस इन्कुभेसन सेन्टरहरू हरेक क्याम्पसले सिर्जना गर्न सकिन्छ । स्वउद्यमी बन्ने सीपहरू विद्यार्थीमा विकास गराउने हुनुप¥यो । कम्प्युटर इन्जिनियर भनेको एउटा कम्प्युटर राखेर काम गर भन्ने छ । 

हामीले एउटा विश्वविद्यालय, क्याम्पसबाट प्राविधिक शिक्षा प्राप्त गरेका हुन्छौँ । त्यसलाई बिजनेसमा परिमार्जन गर्न सकियो भने नेपालीलाई विदेश जानै पर्दैन । त्यसका लागि पहिलो सेमेस्टरदेखि नै स्वरोजगार हुन र उद्यमशील बन्ने संस्कृतिको विकास  गराउनुप¥यो । सिलेबस एकदम चुस्त हुनुप¥यो । अब परम्परागत सैद्धान्तिक पढाउनेभन्दा जतिसक्दो धेरै सीपलक्षित अभ्यासकृत पढाइतर्फ विश्वविद्यालयहरू लाग्नुपर्छ । यसरी पढाउँदा विद्यार्थीमा विभिन्न किसिमका सीपहरूको विकास हुन्छ । 

कम्प्युटर इन्जिनियर वा प्राविधिक क्षेत्रमा स्वउद्यमी हुन धेरै नै आवश्यक छ । यो शिक्षाले विदेश जानु पर्दैन भन्ने खालको मनोबल बढाउँछ । अहिले हाम्रा विश्वविद्यालय र कलेजहरूमा कक्षाहरू सैद्धान्तिक हुने, अभ्यास नहुने गुनासो व्यापक सुनिन्छ । हामीले कामचलाउ अभ्यास होइन कि समाज परिवर्तन गर्न सक्ने खालको यथार्थमा आधारित भएर प्राक्टिकल गराउनुपर्छ । जीवनशैली परिवर्तन गर्न सक्ने र सहज बनाउने खालको अभ्यास गराउने गरी सिलेबस निर्माण गर्नुपर्छ ।

अहिलेको इन्जिनियरिङ वा प्राविधिक शिक्षा ८ कक्षा पढेकोजस्तै भइरहेको छ । प्रोजेक्टबाट नयाँ इन्नोभेटिभ आइडियाहरू कसरी निकाल्ने ? यस्ता किसिमका छलफलहरू कसरी गर्ने रु सिकाउने कुरामा सिलेबस ग्याप छ । त्यसैले सामाजिक परिवेशलाई हेरेर सिलेबस परिमार्जन गरिनु अत्यावश्यक छ ।

-डा. गणेश गौतम






Leave a comment




Comments