सरकारले गर्यो तिन निर्माणाधीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश


Posted: Nov. 9, 2023
  Engineers Nepal

नेपाल सरकारको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले देशका तीन स्थानमा निर्माणाधीन रहेका क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ।

सरकारले मूलपानी, भरतपुर र विराटनगरकाे क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा अघि बढाउने भएको छ। 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले ती रंगशाला निर्माणको काम अब तीव्र रूपमा अगाडि बढ्ने बताइन् । 

क्रिकेटमा नेपालमा बढ्दो लोकप्रियता र नेपालले क्रिकेट टिमले एकपछि अर्को सफलता पाएकोले क्रिकेटमा राम्रो सम्भावना देखिएको भन्दै सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएर राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय भएको बताएको छ ।

गौरवका आयोजनाका लागि आर्थिक स्रोतको अभाव नहुने गरी कामहरू अगाडि बढाउने भनिएको छ ।






Leave a comment




Comments