21 April 2025
२०८२-०१-०८ (सोमबार)
विगत ६७ दिनदेखि ठप्प रहेको संखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम आजबाट पुनः सुरु भएको छ । आयोजनाबाट प्रभावित स्थानियहरुलाई मुआब्जा दिने विषयमा सहमति पछि बुधबारदेखि अवरोध हटेर आयोजना निर्माणको काम सुचारु पुनः सुरु भएको हो ।
सङ्खुवासभास्थित चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नर्बु शेर्पाका अनुसार तत्कालका लागि मुआब्जा रकम डेभलपरबाट स्थानीयलाई भुक्तानी गर्ने र त्यसवापतको रकम सरकारबाट सोधभर्ना गर्ने सहमतिसँगै अवरोध हटेको हो ।
प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले गत भदौ १६ गतेदेखि अरुण तेस्रो आयोजनाको प्रवेश मार्गको काम रोकेका थिए ।
सरकारले भने मुआब्जा सम्बन्धी विषय धेरै गिजोलिएका कारण थप अध्ययनपछि मात्र भुक्तानी गर्ने निर्णय गरेको छ ।
तर, काम रोकिएको लामो समय भएका कारण आयोजनाले तत्कालका लागि स्थानीयको रकम भुक्तानी गर्ने र सो रकम सरकारबाट सोधभर्ना लिने सहमति भएको हो ।
मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको समस्या समाधान गर्न यसअघि १७ कात्तिकमा छुट मुआब्जास्वरुप ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो ।