काडमाण्डौं उपत्यका खानेपानी लिमिटेडले माग्यो इन्जिनियर (सूचना सहित)

काडमाण्डौं उपत्यका खानेपानी लिमिटेडले माग्यो इन्जिनियर (सूचना सहित)


इन्जिनियर्स नेपाल |  साउन १, २०७८,


engineersnepal.com

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले इन्जिनियर माग गरेको छ। खानेपानी लिमिटेडले लोकसेवा आयोगको सहमतिमा आन्तिरिक प्रतियोगिता, खुल्ला र समावेशी परीक्षाको लागि स्थाई इन्जिनियर माग गरेको हो। 

केयुकेएलले खुल्ला तर्फ ९ तहको लागि सिभिल इन्जिनियर महिला माग गरेको छ। त्यस्तै सातौं तहको लागि २ सिभिल इन्जिनियर र एक इलेक्ट्रो-मेकानिकल इन्जिनियर माग गरेको छ। ५ औं तहको ओभरसियरको लागि ८ जना मा गरेको छ। 


ADVERTISEMENT

आन्तरिक प्रतियोगिता तर्फ उप प्रबन्धकका लागि सिभिल र इलेक्ट्रो मेकानिकल समुहका एक एक जना माग गरेको छ।  त्यसबाहेक साहयक प्रबन्धकको लागि १ जना माग गरेको छ।  आवेदकले २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वरमा बुझाउनुपर्छ।



Your Comments