उड्डयन प्राधिकरणले विभिन्न पदमा माग्यो इन्जिनियर (सूचना सहित)

उड्डयन प्राधिकरणले विभिन्न पदमा माग्यो इन्जिनियर (सूचना सहित)


इन्जिनियर्स नेपाल |  असार ३१, २०७८,


engineersnepal.com

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा इन्जिनियर माग गरेको छ। प्राधिकरणले रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षा मार्फत इन्जिनियर भर्ना गर्ने भएको हो।

प्राधिकरणले नवौं तहको प्रवन्धक पदका लागि इलेक्ट्रिकल एन्ड टेलिकम्युनिकेसन इन्जिनियर माग गरेको छ। 


ADVERTISEMENT

त्यस्तै ७ तहको वरिष्ठ अधिकृतको लागि इलेक्ट्रिकल इन्जिनियरिङमा ६ जना माग गरेको छ। जसमा खुल्ला तर्फ ३ जना, महिला १, आदिवासी जनजाती १ र मधेसी १ जनाले जागिर पाउने छन्।

इलेक्टिकल एन्ड टेलिकम्युनिकेसन तर्फ पनि ६ जना इन्जिनियर माग गरेको छ। जसमा खुल्ला तर्फ ३ जना, महिला १, आदिवासी जनजाती १ र मधेसी १ जना रहेका छन्। 

बरिष्ठ अधिकृतकै लागि मेकानिकल इन्जिनियरिङको सेवाको लागि ३ जना, सिभिल इन्जिनियरिङ सेवाको लागि ३ जना माग गरेको छ। 

बरिष्ठ सायहक पदको लागि आईटीमा ४ जना, इलेक्ट्रिकल इन्जिनियरिङमा ४ जना, इलेक्ट्रिोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङमा ७ जना, मेकानिकल इन्जिनियरिङमा ६ जना, सिभिल इन्जिनियरिङमा ६ जना माग गरेको छ। 

साहयक पदको लागि इलिक्ट्रिकल इन्जिनियरिङको लागि ४ जना र मेकानिकल इन्जिनियरिङको लागि ५ जना माग गरेको छ। 

त्यसबाहेक प्राधिकरणले एयर ट्राफिक सर्भिसेज, फायर सर्भिसेजको लागि समेत विज्ञापन खुलाएको छ।  प्राधिकरणले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा समेत गर्न लोकसेवा आयोगबाट सहमति लिइसकेको छ।

 

 

 

 



Your Comments