प्रदेश नं १ ले एकैपटक १३२ प्राविधिकको लागि विज्ञापन खुलायो (सूचना सहित)

प्रदेश नं १ ले एकैपटक १३२ प्राविधिकको लागि विज्ञापन खुलायो (सूचना सहित)


इन्जिनियर्स नेपाल |  असार २८, २०७८,


engineersnepal.com

प्रदेश नं १ ले एकैपटक १३२ इन्जिनियरलाई जागिर दिने भएको छ। प्र्रदेश लोक सेवा आयोगले २०७७ चैतमा प्रकाशित गरेको विज्ञापनलाई संसोधन गर्दै इन्जिनियरको पद थपेको
लोक सेवा आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत सिभिल, असिस्टेन्ट सब इन्जिनियर र सायहक स्तरमा चौथों र पाँचौ तहको खुल्ला तथा समावेशी पदको संख्या थप गरेको हो । 

आयोगले सबैभन्दा धेरै खुल्ला असिस्टेन्ट सब इन्जिनियर प्रतिस्पर्धाको १६ पद थपेको छ । चैतमा मागिएको सुचनामा २५ रहेकोमा त्यसलाई बढाई ४१ पुर्याइएको छ । 


ADVERTISEMENT

आन्तरिक प्रतियोगिताको लागि ९ वटा विज्ञापन खुलाइएकोमा ७ वटा पद थपगर्दै १६ वटा बनाइएको छ । महिला असिस्टेन्ट सब इन्जिनियरिमा पहिला ११ माथिएकोमा ९ पद थपगर्दै २० पुर्याइएको छ । 

आदिवासी जनजाती ४ बाट ६ र मधेसी १ बाट २ पुर्याइएको आयोगद्वारा जारी सुचनामा उल्लेख रहेको छ । 

त्यस्तै पाँचौ तहको लागि खुल्ला तर्फ सब इन्जिनियरमा २२ वटा माग गरिएकोमा १० पद थप गरिएको छ । महिला तर्फ ९ पदका लागि विज्ञापन गरिएकोमा ६ वटा थपगर्दै १५ पद निर्धारण गरिएको छ ।



1 Comments

Suraj Kumar yadav

July 14, 2021, 9:56 a.m.

I am also need jobs

Your Comments