पुनर्निर्माण प्राधिकरण संग एशोसिएसनको माग : इन्जिनियरको तलब सुनिश्चतता गराइदेउ

पुनर्निर्माण प्राधिकरण संग एशोसिएसनको माग : इन्जिनियरको तलब सुनिश्चतता गराइदेउ


इन्जिनियर्स नेपाल |  बैशाख १८, २०७७, काठमाडौं


#
engineersnepal.com

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको आयोजनामा कार्यरत इन्जिनियरहरु लाई तलब सुबिधा बाट बन्चित गराइएको विषयमा नेपाल इन्जिनियर्स एसोसिएसनले ध्यानाकर्षण गराएको छ ।

बिहिबार एशोसिएसनका महासचिव ई. छवि राज पोख्रेल नेतृत्वको टोलीले प्राधिकरण का प्रमुख कार्यकारी अधिकृत ई. सुशील ज्ञवाली लाई भेटी तलब सुबिधा उपलब्ध गराउन माग गरेको हो।


ADVERTISEMENT

एशोसिएसनका अनुसार राष्ट्रिय पुनर्निर्माणको केन्द्रीय आयोजना कार्यान्वन इकाई (भवन)को EHRM-JICA प्रोजेक्टका परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबलको स्थानीय पाटर्नर संस्था ट्रेनिङ सेन्टर नेपाल प्रा.लि.मा कार्यरत ६७ जना बिभिन्न तहका इन्जिनियरहरु लाई वैशाख ०३ गते बाट कामकाज नगर्न भनि निर्णय गरेको थियो ।

 कामबाट निकालिएपछि इन्जिनियरहरुले उक्त निर्णय न्याय संगत नभएको भन्दै इन्जिनियर्स एशोसिएसन पुगेका थिए ।

सरकारले वैशाख १५ गते राजपत्रमा प्रकाशित सुचना अनुसार कुनै सरकारी कार्यालय,निकाय वा उद्योगमा कार्यरत कर्मचारी वा श्रमिकलाई सार्वजनिक बिदा कायम गरि तलब भत्ता उपलब्ध गराउन आदेश दिइसकेको भन्दै उक्त ६७ जना  प्राविधिकहरुको तलब सुविधा सुनिश्चतता गर्न एशोसिएसनले माग गरेको छ ।




Your Comments