स्थानीय निकायमा विषय विज्ञ इन्जिनियरको दरबन्दी चाहिन्छ: अनुपकुमार उपाध्याय

स्थानीय निकायमा विषय विज्ञ इन्जिनियरको दरबन्दी चाहिन्छ: अनुपकुमार उपाध्याय


इन्जिनियर्स नेपाल |  भदौ १७, २०७६, काठमाडौं


engineersnepal.com

यतिबेला नेपाल ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर आर्थिक विकासमा लम्किरहेको छ । समृद्धिको पहिलो आधार– भौतिक पूर्वाधार (खानेपानी, सडक, बिजुली, सिँचाइ, दुरसंचार) हो । तर यो आवश्यकतालाई नेपालले अहिलेसम्म पूरा गरेको छैन । सबैजसो राजनीतिक दलका घोषणपत्रमा विकास पूर्वाधारका विषय प्राथमिकतामा छन् । जनप्रतिनिधिहरुले बजेट विनियोजनका क्रममा पनि विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् । 

पूर्वाधार निर्माणका  क्षेत्रले प्राथमिकता पाएको छ । यी पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्थापनपछिको महत्वपूर्ण तत्व तत्तत् विषयका विज्ञ अथवा सम्बन्धित विषयका इन्जिनियरहरुको भूमिकालाई नजर अन्दाज गरियो भने जनताको चाहना पूरा हुने कल्पना गर्न सकिँदैन । 

 

जनताको आकांक्षा देशको आर्थिक विकास र समृद्धि हो भने यसलाई पूरा गर्ने जनशक्ति इन्जिनियरहरु हुन् । विकास निर्माणको प्राथमिकता हेर्ने हो भने खानेपानी, सडक पूर्वाधारले बढी महत्व पाएको देखिन्छ । यसलाई स्वाभाविक नै मान्नु पर्छ । त्यसपछि वैकल्पिक ऊर्जा, विद्युत उत्पादन, विद्युत वितरणका योजनाहरु स्थानीय सरकारको चासोको विषय रहेको देखिन्छ । 

नेपालमा इन्जिनियरिङ क्षेत्रमा विदेशी जनशक्तिको प्रयोग भएका छन् । नेपाली जनशक्ति छन् तर जटिल प्राविधिक विषय विज्ञका हिसाबले कतिपय अवस्थामा कमजोर हुन सक्छन् । 

पूर्वाधार निर्माणका अन्य क्षेत्रहरु दुरसंचार, सिंचाई, खानेपानी, नदी नियन्त्रण, पहिरो नियन्त्रण, आदी क्षेत्रले प्राथमिकता पाएको छ । यी पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्थापनपछिको महत्वपूर्ण तत्व तत्तत् विषयका विज्ञ अथवा सम्बन्धित विषयका इन्जिनियरहरु नै हुन् । उनिहरुको भूमिकालाई नजर अन्दाज गरियो भने जनताको चाहना पूरा हुने कल्पना गर्न सकिँदैन । 

आवश्यक इन्जिनियर जनशक्तिको व्यवस्थापन गर्न नसक्दा गत सालका आयोजनामा देशले अपेक्षित उपलब्धी प्राप्त गर्न सकेन । अझै पनि विकास निर्माणको आवश्यकता अनुसारका विषय विज्ञ राख्नेतर्फ राज्यको ध्यान पुगेन भने समयमा पूर्वाधार निर्माणको सपना पूरा हुने अवस्था छैन । विगतमा जनशक्ति व्यवस्थापन ठूलो समस्याका रुपमा रहेको थियो र अहिले पनि यहि अवस्था छ । 

नेपाली इन्जिनियरहरुले पनि विदेशमा गएर विज्ञता प्रकट गरेका छन् । स्थानीय सरकारको विकासको प्राथमिकता अनुसार विषयविज्ञ इन्जिनियरको दरबन्दी अहिलेको संरचनामा छैन् जुन प्राथमिक काम थियो । 

नेपालमा इन्जिनियरिङ क्षेत्रमा विदेशी जनशक्तिको प्रयोग भएका छन् । कतिपय अवस्थामा यो आवश्यक छ र रहन्छ । नेपाली जनशक्ति छन् तर जटिल प्राविधिक विषय विज्ञका हिसाबले कतिपय अवस्थामा कमजोर हुन सक्छन् । अनुभवका हिसाबले कमी हुनसक्छ । यो अवस्थामा विदेशी जनशक्तिको प्रयोग नकार्न सकिन्न ।

 चमेलिया, चिलिमे, कुलेखानी–३ लगायतका जलविद्युतका आयोजनामा नेपाली इन्जिनियरहरुलाई जिम्मेवारी दिइएको थियो । तर, कतिपय योजनामा मेसिन निर्माता कम्पनीबाटै जनशक्ति ल्याएर काम लगाउनु पर्ने हुन्छ । विदेशी ऋणमा आयोजना बनाउनु पर्दा विदेशी इन्जिनियर राख्नुपर्ने सर्त मान्नुपर्ने हुन्छ । यहि कारण विदेशी जनशक्ति प्रयोग भएका छन् ।

नेपाली इन्जिनियरहरुले पनि विदेशमा गएर विज्ञता प्रकट गरेका छन् । नेपाली वा विदेशी जुन जनशक्ति भएपनि प्रभावकारी ढङ्गले जनशक्ति व्यवस्थापन गर्न नसक्दाको परिणाम हामीले आर्थिक समृद्धिको राम्रो जग बसाल्न सकिरहेका छैनौं । स्थानीय सरकारको विकासको प्राथमिकता अनुसार विषयविज्ञ इन्जिनियरको दरबन्दी अहिलेको संरचनामा छैन् जुन प्राथमिक काम थियो ।   - इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट



Your Comments