नेराकस भौतिक पुर्वाधार मन्त्रालय बिभागीय समितिको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा ई. खनाल

नेराकस भौतिक पुर्वाधार मन्त्रालय बिभागीय समितिको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा ई. खनाल


इन्जिनियर्स नेपाल |  भदौ १२, २०७९,


engineersnepal.com

नेपाल राष्ट्रीय कर्मचारी संगठन निजामती, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्यसमितिको छैटौं अधिबेशन सम्पन्न भएको छ । 

शुक्रबार सडक बिभाग ललितपुरमा सम्पन्न भएको अधिवेशनले इन्जिनियर विष्णु खनालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो। 


ADVERTISEMENT

भेलाले कार्यसमितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा नवराज बि.क., सहसचिवमा संजय कुमार यादव र कोषाध्यक्षमा कल्पना पण्डित निर्वाचित गरेको छ । 

त्यस्तै सदस्यहरुमा तेजेन्द्र चन्द, पिपुल गौतम, पबित्रा गौतम, बिनोद पौडल , बिनिता श्रेष्ठ, दन्त तिरुवा, राजबहादुर रोकाया, दिपक बहादुर शाही, बिजय शर्मा, राकेश कुमार साह रहेका छन् । 

कार्यक्रममा सडक पूर्वाधार तथा यातायात ब्यवस्थाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा बिभागका बिभिन्न ओहोदामा कार्यरत इन्जिनियरहरु मधुसूदन अधिकारी, देवेन्द्र कार्की, शिबहरी सापकोटा, डा. पद्म बहादुर शाही, मुक्ति गौतम, दयाकान्त झा, राजेन्द्र राज शर्मा , घनश्याम गौतम ,जयलाल मरासिनी ,यमनारान योगी र शिबराज अधिकारीलाई सम्मान प्रदान गरिएको निवर्तमान अध्यक्ष  इन्जिनियर ज्ञानेन्द्र प्रसाद कलौनीले जानकारी दिए।



Your Comments