असोज ३ भित्र परिषद्मा आवेदन दिनेले इन्जिनियरिङ लाइसेन्सको परीक्षा दिन नपर्ने !

असोज ३ भित्र परिषद्मा आवेदन दिनेले इन्जिनियरिङ लाइसेन्सको परीक्षा दिन नपर्ने !


इन्जिनियर्स नेपाल |  भदौ १०, २०७९,


engineersnepal.com

असोज ३ गते सोमबार भित्र नेपाल इन्जिनियरिङ परिषद्मा आवेदन दिनेहरुले पुरानै ब्यवस्था अनुसार इन्जिनियरिङको लाइसेन्स पाउने भएका छन् । 

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक भदौ ५ गते राष्ट्रिपतिबाट प्रमाणिकरण भएको थियो ।  


ADVERTISEMENT

ऐनमा व्यबस्था भए अनुसार विधेयक प्रमाणीकरण भएको एकतीसौं दिन देखि प्रारम्भ हुने भएकाले परिषद्ले असोज ३ भित्र आवेदनको सम्पूर्ण प्रक्रिया पुरा गर्नेहरुलाई पुरानै ब्यवस्था अनुसार लाइसेन्स दिने जनाएको छ । 

भदौ ३ गते पश्चात परिषद्मा इन्जिनियरिङ लाइसेन्सको लागि आवेदन दिने सबैले अनिवार्य रुपमा परिषद्ले लिने परीक्षा उत्तिर्ण गर्नुपर्ने छ । हालसम्म परिषद्ले पाठ्यक्रम र परीक्षाको विधि सार्वजनिक गरिसकेको छैन । 

 

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक पढ्नुहोस्

https://na.parliament.gov.np/uploads/attachments/es7tonl0t2xb2buj.pdf



Your Comments